आज विश्व क्यान्सर दिवस
SamacharDesk – Ram Dangol | २०८० माघ २१, आइतबार

आज विश्व क्यान्सर दिवस, हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन विश्व क्यान्सर दिवस मनाइन्छ ।
नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार नेपालमा प्रत्येक दिन ४० जना नेपालीको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको छ ।
नेपालमा बर्सेनि क्यान्सरका २० देखि ३० हजार नयाँ रोगी थपिन्छन् । तीमध्ये १२ देखि १८ हजारको मृत्यु सोही वर्ष हुने गरेको छ । अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ ।
१० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुनेरहेछ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् ।
विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि 'ह्यूमन प्यापीलोमा' भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।
क्यान्सरको कारकका रूपमा मध्यपान तथा सुर्तीजन्य पदार्थको प्रयोग र परिवर्तन जीवनशैली प्रमुख रहेको चिकित्सकहरूको भनाइ छ। विश्वमा सबैभन्दा बढी लाग्ने स्तन क्यान्सर रहेको छ। त्यसपछि फोक्सोको क्यान्सर रहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सबभन्दा धेरै फोक्सोको क्यान्सरको समस्या देखिने गरेको छ। त्यसबाहेक पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको, मुखको क्यान्सर र रगतको क्यान्सर बढी देखिएका छन्। क्यान्सर नसर्ने रोग हो।
क्यान्सरबाट बच्न सुर्तीजन्य पदार्थ तथा मध्यपान नगर्ने, शारिरिक ब्यायम नियमित गर्ने र खानपानमा ध्यान दिनुपर्ने चिकित्सको सुझाव छ। क्यान्सर लाग्न नदिन कम्तीमा वर्षको एक पटक स्वास्थ्य परिक्षण गर्न अनुरोध गरिएको छ।
क्यान्सर लागिहाले पनि बेलैमा पत्ता लगाउन सके निको हुन्छ। नेपालमा ७० प्रतिशत बिरामी क्यान्सरको तेस्रो चरणमा मात्रै अस्पताल आउने गरेको क्यान्सर रोग विषेशज्ञहरु बताउँछन् ।
पछिल्लो समय क्यान्सर रोग विरुद्ध विभिन्न उपचार पद्दति र औषधिको विकास भइरहेका छन्। तर उपचार महंगो हुने भएकोले धेरैले उपाचार गर्न नसकेरै ज्यान गुमाउनु परेको छ।
त्यस्तै क्यान्सरको औषधी नेपालमा उत्पादन हुन नसक्दा तुलनात्मक रूपमा महँगो पर्ने गरेको छ । क्यान्सर विशेषज्ञ डा। शाहीले ९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुने गरेको बताउनुभयो ।
डा. शाहीका अनुसार नेपालमा क्यान्सरको उपचारमा रोबोटिक सर्जरी, रोबोटिक थेरापी तथा प्रोटोनथेरापी उपलब्ध हुन सकेको छैन । प्रोटोनथेरापी (क्यान्सर सेक्ने मेसिन) निकै महँगो पर्छ । भारतमा यो उपकरण जम्मा दुई वटा मात्र छन् ।
Categorized in राष्ट्रिय