arin enterprises

नेपाली म्यूजिक भिडियोमा भारतीय निर्देशकको निर्देशन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ २३, मंगलबार

भारतीय निर्देशकले निर्देशन गरेको गायिका सोना अमात्यको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

भारतीय निर्देशक विशाल खरातबाट निर्देशित गायिका अमात्यको गीत ‘आइ एम द सुपरस्टार’ सार्वजनिक भएको हो । हरेक मानिस भित्रको जन्मजात सुपरस्टारको थिममा म्यूजिक भिडियोको कथावस्तुलाई डोर्‍याइएको छ ।

गीतले दर्शक श्रोताको मन जित्नेमा आफु विश्वस्त रहेको गायिका अमात्य बताउँछिन् ।

गीतमा गायिका अमात्यलाई चर्चित र्‍यापर गिरिश खतिवडा र तिब्र र्‍यापरको रुपमा परिचित बुलेट फ्लोले र्‍यापमा साथ दिएका छन् । गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवम् संगीत रहेको छ ।

भिडियोलाई आलोक शुक्लाले छायांकन र विशाल खरातले सम्पादन गरेका छन् । कोरीयोग्राफी प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीले गरेका छन् ।

गायिका अमात्य विशेषतः पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् ।

गितको भिडियोलाई सोना अमात्यको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

Categorized in पेजथ्री