arin enterprises

सामूहिक बलात्कारमा संलग्न एकजना थिमिबाट पक्राउ

SamacharDesk – रामगोपाल तमखु | २०७७ जेठ १२, सोमबार

भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका ६ पुरानो थिमिमा लकडाउनको समयमा २० बर्षीय युवतीलाई ५ जना पुरुषहरुले सामुहिक बलात्कार गरेका छन् । 

शुक्रवार युवतीलाई पुरानो थिमि डेरा गरि बस्ने २२ बर्षीय रोहित गिरीले आर्थिक लोभ देखाई ललाईफकाई आफ्नो डेरामा लगि जवरजस्ती करणी गरेका थिए । 

गिरीले बेलुका युवतीलाई बाहिर जान नदिई अन्य चार जना साथीहरु समेत कोठामा बोलाई पालैपालो रातभरी जबजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । 

२०७७ जेठ ०९ गते पिडित युवतीले महानगरीय प्रहरी वृत थिमिमा जानकारी गराए पछि पिडितले दिएको हुलिया र बिवरणका आधारमा बलात्कारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक तेमाल गाउँ स्थायी घर भई हाल पुरानो थिमि बस्ने २९ बर्षीय कवाङ लामालाई लुकीछुपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

रोहित गिरी लगायत अन्य ३ जना अभियुक्तको खोजीे कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in समाज