लैंगिक तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ २९, सोमबार

काठमाडौंमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक नाटक ‘समान युग’ प्रदर्शन गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघको आयोजना, प्रहरी वृत्त बौद्ध, सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी र गोकर्णेश्वर नगरपालिका–६ समेतको संयुक्त सहकार्यमा नाटक प्रदर्शन गरिएको हो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसालाई निर्मुल पार्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको बताइन् ।
सामुदायिक सेवा केन्द्र जोरपाटीका अध्यक्ष साथै गोकर्णेश्वर नगरपालिका वडा ६ का वडाध्यक्ष नवराज लामा, प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले लैंगिक र घरेलु हिंसा न्यूनीकरणका लागि नागरिक समाजबाटै सक्रियता देखाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा संघकी कानूनी सल्लाहकार राधिका खतिवडा र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले पनि आ–आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सचेतनामूलक नाटक एवम् गीति नाटक प्रस्तुत गरिएको थियो ।
Categorized in समाज