भारतलाई ओलम्पिकमा तीन स्वर्ण दिने हकी खेलाडी बलवीर रहेनन्
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १३, मंगलबार

भारतलाई ओलम्पिक खेलमा तीनवटा स्वर्ण पदक दिने हकी खेलाडी बलवीर सिंहको निधन भएको छ । सोमबार बिहान उनको निधन भएको हो ।
निमोनियाबाट पिडित सिंहको उपचारको क्रममा मोहालीको फोर्टिस अस्पतालमा निधन भएको हो । सोमबार विहान ६ः१७ बजे उनको निधन भएको हो ।
निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि ९५ बर्षीय बलवीरलाई गत मे ८ मा अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।
सिहंले सन् १९४८ को लण्डन ओलम्पिक, १९५२ हेलसिन्की ओलम्पिक र १९५६ को मेलवर्न ओलम्पिकमा भारतका लागि स्वर्ण जितेका छन् ।
१९५६ को ओलम्पिकमा स्वर्ण जित्दा बलबिर भारतीय हकी टिमको कप्तान समेत थिए ।
ओलम्पिकको पुरुष हक्की फाइनलमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि उनकै नाममा रहेको छ ।
सन् १९५२ को हेलसिन्की ओलम्पिकमा भारतले हल्यान्डलाई ६(१ ले हराउँदा बलबीर एक्लैले पाँच गोल थिए ।
उक्त ओलम्पिकमा भारतले कुल १३ गोल गरेकोमा बलबीर एक्लैको खातामा नै ९ गोल रहेको थियो ।
त्यस्तै १९७१ मा भारतले काँस्य पकद जित्दा सिंह भारतीय टिमका प्रशिक्षक थिए ।
१९७५ को विश्वकपमा भारतले स्वर्ण पदक जितेको समयमा बलबरि टिम म्यानेजर र प्रमुख प्रशिक्षक समेत थिए ।
पद्मश्री पुरस्कार पाउने पहिलो खेलाडी पनि बलबीर नै हुन् । सन् १९५७ मा उनलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो ।
Categorized in स्पाेर्ट्स