arin enterprises

सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

SamacharDesk – विजयरत्न | २०८० फाल्गुण २, बुधबार

नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ आसामका नव सापकोटालाई प्रदान गरिने भएको छ ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठनमार्फत समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भनी सापकोटालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

नई प्रकाशनले प्रदान गर्ने यस पुरस्कारको राशी दुई लाख रूपैयाँ रहेको छ ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको प्रकाशनको बैठकले सो निर्णय गरेको कुरा नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताएका छन् ।

यसै वैठकबाट भारत दार्जिलिङकी स्नेहलता राईलाई ‘नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय पनि गरेको छ । यो पुरस्कार एक लाख रुपैयाँ राशीको रहेको छ ।

यी दुवै पुरस्कार नेपाली भाषा साहित्य मार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये विशिष्ठ नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ । 

Categorized in पेजथ्री