मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुने
SamacharDesk | २०८० फाल्गुण ४, शुक्रबार

मेनुका पौडेलको आफ्नो पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट सुरु हुने भएको छ ।
तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा २०८० फाल्गुण १८ गते देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको सांगीतिक कार्यक्रम हुन लागेको हो ।
२०५५ सालमा झापाको हल्दीबारी ४ मा जन्मेकी मेनुकाले १८ वर्षको उमेरमा नेपाल आईडलको पहिलो सिजनमा भाग लिईन् । नेपाल आईडलले नै उनलाई देशविदेशमा रहने नेपालीहरुमाझ चिनायो ।
त्यसपछि उनले भारतिय टीभी च्यानल सारेगमपको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा उनी टप ११ मा पर्न सफल भएकि थिइन । त्यसपछि इन्डियन आइडलमा गई आफ्नो जादुमयी आवाजले सबैलाई मोहित बनाएकी पौडेल टप १० सम्म पुग्न सफल भएकी थिइन् ।
मेनुका पौडेलको यो पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेज्मेन्ट माईपे इभेन्टले गरेको छ भने यस कार्यक्रमको प्रायोजन माईपे मनि ट्रान्सफरले गरेको छ ।
आगामी फाल्गुण १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हने आयोजकले जनाएको छ ।
हाल साधारण टिकटको दर रु १००० र विशिष्ट टिकटको दर रु.१५०० राखिएको यस कार्यक्रमको टिकेटिङ पार्टनर माईपे वालेटले जनाएको छ ।
उनको लाइभ सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरु तथा मेनुकाका समर्थकहरु उत्साहित देखिएका छन् ।
Categorized in पेजथ्री