नेपालगंजमा ‘म्यूजिक फर हार्मोनी’ हुने
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० फाल्गुण ५, शनिबार

नेपालगंजमा ‘म्यूजिक फर हार्मोनी’ (सद्भावका लागि संगीत) कार्यक्रम हुने भएको छ ।
अन्तरालको व्यवस्थापनमा यही फागुन २६ गते शनिवार नेपाल कल्चर फेस्टिवलको अवसर पारेर कार्यक्रम गर्न लागिएको हो ।
म्यूजिक फर हार्मोनीकालागि राष्ट्रिय अन्तराष्ट्रिय रुपमै ख्यातिप्राप्त व्याण्ड ‘कुटुम्व’, गायिका झुमा लिम्बु र रैथाने व्याण्डले पहिलो पटक सहकार्य गर्दैछन् ।
नेपाली लोक वाजा र धुनहरुलाई नयाँ पुस्ता माझ पुर्याउन कुटुम्बको ठूलो भूमिका छ ।
नेपाली रैथाने संगीतमा गहिरो अध्ययन गरेकी झुमाले विदेशी भूमिमा धेरै प्रस्तुति दिएकी छन् । झुमा सहितको टिमले नेपाली मौलिक बाजाहरुको अध्ययन गर्ने क्रममा आफैले केही नयाँ बाजाहरु वनाएका छन् ।
‘देशैभरको संस्कृति एकै ठाउँमा झल्काउने गरि आयोजना गरिएको नेपाल कल्चर फेस्टिवलको तयारी तीब्र पारिएको छ । म्यूजिक फर हार्मोनीले नेपालगंजबाट संसारलाई सद्भावको सन्देश दिनेछ’ अन्तरालका कार्यक्रम संयोजक गणेश राईले भने ।
नेपालगंज रंगशालामा हुने कार्यक्रमको टिकट बिक्री केही दिनमै शुरु हुने र रविद्यार्थीलाई विशेष सहुलियत हुने बताइएको छ ।
Categorized in पेजथ्री