arin enterprises

डर्टमुन्डलाई हराउँदै वायर्नले उपाधि दावेदारी बलियो बनायो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १४, बुधबार

जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको वायर्न म्युनिखले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डमाथि जित हासिल गर्दै उपाधी दावेदारी बलियो बनाएको छ ।

मंगलबार राति भएको खेलमा वायर्नले डर्टमुन्डलाई १(० ले पराजित गर्यो । 

डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा वायर्नको जोसुआ किमिचले खेलको ४३ औं मिनेटमा निर्णायक गोल गरे ।

पहिलो हाफमै १(० को अग्रता लिएको वायर्नले दोश्रो हाफमा भने गोल थप्न सकेन ।

यो खेलपछि २८ खेलबाट ६४ अंकले वायर्न शिर्ष स्थानमा छ । योसँगै वायर्नले आफ्नो उपाधि दावेदारी अझ बलियो बनाएको छ । 

यो  हारपछि डर्टमुन्ड वायर्नभन्दा ७ अंकले पछि परेको छ । डर्टमुन्ड २८ खेलबाट ५७ अंकले दोस्रो स्थानमा यथावत छ ।

मंगलबार राति सम्पन्न भएको अर्को खेलहरुमा वुल्फवर्गले लिभरकुजेनलाई ४(१ गोलले पराजित गरेको छ । यो खेलपछि लिभरकुजेन चौथो स्थानवाट पाचौँ स्थानमा झरेको छ ।

फ्रान्सफर्ट र फिवर्गले ३(३ गोलको बराबरी खेल्दा ब्रेमेन र मोन्चेन्ग्लाबाचले गोलरहित बराबरी खेलेका छन् ।

एक खेल कम खेलेको आरबी लाइपजित ५४ अंकसहित तेस्रो स्थानमा छ ।

लिगमा अब ६ चरणका खेलहरु बाँकी छन् ।

Categorized in स्पाेर्ट्स