नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्मको ट्रेलर सार्वजनिक
SamacharDesk | २०८० फाल्गुण ९, बुधबार

नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को ट्रेलर सार्वजनिक भएको छ । सोनी पिक्चर्स फिल्मस् इन्डिया युट्युब च्यानलमार्फत मंगलबार यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा नेपालको हिमाली भेगको दृश्य देखाइएको छ । नेपालको सबै दृश्य अल्टिच्युड एयरको हेलिकप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट खिचिएको हो ।
फिल्मका लाइन प्रोड्युसर फुर्वा शेर्पाका अनुसार यो फिल्म लाङटाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोकको जुगल हिमाल र परिधिमा छायांकन गरिएको थियो ।
सोनी पिक्चर्स इन्टरनेशनल र रेनेसान्स पिक्चर्सले निर्माण गरेको फिल्म पुलवामा आक्रमण र त्यसपछि भएको बालाकोट एयर स्ट्राइकमा आधारित छ ।
शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेको फिल्ममा वरूण तेज र मानुषी छिल्लरको मुख्य भूमिका रहेको छ । फिल्मको कथा शक्तिप्रताप सिंह हाडा, आमिर खान र सिद्धार्थ राज कुमारले लेखेका हुन् ।
हरि के भेदान्तमले छायांकन गरेको फिल्मलाई नविन नूलीले सम्पादन गरेका छन् ।
यो फिल्म मार्च १ अर्थात फागुन १८ गतेदेखि तेलुगु, तलिम, मलयालम, कन्नड र हिन्दी भाषामा प्रदर्शन हुनेछ ।
Categorized in पेजथ्री