मुकेश अम्बानीका छोराको प्रि–वेडिङ समारोह भव्यताका साथ सम्पन्न
SamacharDesk | २०८० फाल्गुण २१, सोमबार

विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको प्रि–वेडिङ समारोह भव्यताका साथ सम्पन्न गरेका छन् ।
यस समारोहमा उनले हलिउडदेखि बलिउडका ठूला कलाकारलाई प्रस्तुति दिन बोलाएका थिए । यस समारोहमा शाहरूख खान, सलमान खान र आमिर खान एकै मञ्चमा प्रस्तुत भएका थिए ।
अनन्त र राधिकाको प्रि–वेडिङ समारोहको लागत करिब १ हजार करोड भारू बताइएको छ भने भोजको १६५ करोड भारू खर्च भएको भारतीय संचारमाध्यले जनाए ।
मुकेशले आफ्नो कान्छो छोराको प्रि–वेडिङ समारोहमा रिहानालाई प्रस्तुति दिन बोलाएका थिए । आफ्नो प्रस्तुति दिन २९ फेब्रुअरीमा जामनगर आएकी रिहानाले अम्बानी परिवारबाट महंगो पारिश्रमिक समेत लिएकी छन् ।
रिहानाले ५२ करोड भारू पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणकाले जनाएका छन् । मुकेश अम्बानीले आफ्नो हरेक समारोह भव्य बनाउँने गरेका छन् ।
यसअघि मुकेशले आफ्नो जेठो छोरा आकाश अम्बानीको विवाहमा हलिउड गायिका बियोन्सेलाई प्रस्तुति दिन बोलाएका थिए ।
राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन् । ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए ।
उनीहरुको विवाह १२ जुलाईमा हुँदैछ ।
Categorized in पेजथ्री