arin enterprises

एउटै कम्यूनिष्ट पार्टि रहने भट्टराईको दावी

SamacharDesk – समाचारडेस्क – पोलिटिक्स ब्युरो | २०७५ आषाढ १६, शनिबार

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले नेपालमा कम्यूनिष्ट पार्टि अब विभाजनबाट एकताको मार्गमा बढिसकेको बताएका छन् । 

प्रेस चौतारी नेपालले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा भट्टराईले विभाजन भइरहनेहरु भनिने कम्यूनिष्ट पार्टि अब एकताको उदाहरण बन्ने बताए । अबको पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिस्ट पार्टी हुने दाबी समेत उनको थियो ।

अबको तीन महिनाभित्र केन्द्रदेखि जिल्लासम्म सबै जनवर्गीय संगठनबीच एकता भइसक्ने दावी उहाँको थियो । साथै सातै प्रदेशमा एकता गर्न कार्यदल बनिसकेको जानकारी पनि नेता भट्टराईले दिनुभयो ।

‘वर्तमान राजनीतिक परीवेशमा अब साना दलहरु मिल्दै जानुको विकल्प छैन । नेपाली राजनीति वामपन्थी र गैरवामपन्थी कित्तामा विभाजन हुँदै मुलुकमा अब स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनेछ ।’ नेता भट्टराईले भन्नुभयो ।

साथै भट्टराईले पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने, आर्थिक वृद्धि दर दुई अंकमा पुर्याउने गृहकार्यमा सरकार लागेको जानकारी पनि दिनुभयो । 

Categorized in राजनीति