arin enterprises

आरबी लाइपजिगले दोस्रो हुने मौका गुमायो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १५, बिहिबार

जर्मन बुण्डेसलिगा अन्तर्गतको खेलमा तेस्रो स्थानको आरबी लाइपजिग हर्था बर्लिनसँग बराबरीमा रोकिएको छ । 

बुधबार राति भएको खेलमा बर्लिन हेर्थासँग २(२ गोलको बराबरीमा रोकिएको हो । 

यो खेलसँगै आरबी लाइपजिगले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

पहिले हाफमा मार्को ग्रुजिकले खेलको ९आंै मिनेटमा गोल गर्दै बर्लिनलाई अग्रता दिलाए । २४औं मिनेटमा लाइपजिगका लुकस क्लोस्टरम्यानले २४औं मिनेटमा गोल फर्काउँदै खेललाई १(१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा मार्सेल हाल्सटेनवर्ग ६३ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरीएपछि लाइपजिग १० खेलाडीमा सीमित भयो । 

पिटर स्चेकले ६८ औं मिनेटमा गोल गरेपछि लाइपजिगले २(१ गोलको अग्रता लियो ।

तर खेलको ८२ औं मिनेटमा हेर्था बर्लिनले पेनाल्टी पायो । 

सिस्टोफ पिएटेकले पेनाल्टीलाई गोलमा परिणत गरेपछि खेल २(२ को बराबरीमा पुग्यो र बाँकि समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल २–२ को बराबरीमै सकियो ।

बुण्डेसलिगाकै अर्को खेलहरुमा होपेनहेइमले एफसी कोल्नलाई ३(१ ले पराजित गरेको छ ।

फर्चुना डुसेलडोर्फले साल्कालाई २(१ले हराएको छ । यो साल्काको लगातार तेस्रो हार हो ।

युनियन बर्लिन र माइन्जले १(१ को बराबरि खेल्दा अग्सबर्ग र पाडेनबर्नले गोलरहित बराबरी खेलेका छन् ।

खेलको अंक तालिकामा वायर्न मुनिख ६४ अंकसहित शीर्ष स्थानमा कायम छ भने दोस्रो स्थानको डर्टुमन्डको ५७ अंक छ । 

तेस्रो स्थानमा रहेको लाइपजिगको २८ खेलबाट ५५ अंक छ । 

बर्लिन भने ३५ अंकसँगै दशौं स्थानमा उक्लिएको छ ।

Categorized in स्पाेर्ट्स