arin enterprises

एशियाली मुलुकमा भारतमा सर्वाधिक संक्रमण

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १६, शुक्रबार

भारत कोरोना संक्रमणबाट बढि प्रभावित एशियाली मुलुक बन्न पुगेको छ । 

विश्वभरीमा संक्रमणबाट बढि प्रभावित राष्ट्रको सूचीमा हाल नवौं स्थानमा पुगेको भारतमा अहिलेसम्ममा कुल १ लाख ६९ हजार ११ जनामा कोरोना संक्रमण भइसकेको छ ।

यो संख्या चीनको भन्दा दोब्बर बढि छ । चीनमा हालसम्म ८२ हजार ९ सय ९५ जना संक्रमित भएका छन् ।

चीनको वुहानमा गत वर्षको डिसेम्बरवाट सुरु भएर त्यहाँ अहिलेसम्ममा ४ हजार ६ सय ३४ जनाको ज्यान गइसक्यो

हालसालै भारतले परीक्षणको दायरा बढाएसँगै त्यहाँ दिनकै ७ हजारको हाराहारीमा नयाँ संक्रमित देखिरहेका छन् ।

चीनमा भने संक्रकण धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ । अहिले चीनमा दैनिक ९(१० जनाको हाराहारीमा मात्र संक्रमण देखिएको छ । त्यहाँ ७८ हजार २ सय ९१ जना त निको पनि भइसके । अहिले चीनमा ७३ जना संक्रमित मात्रै उपचाररत छन् ।

भारतमा अहिलेसम्ममा ७२ हजार ४ सय ४३ जना निको भएका छन् भने ४ हजार ८ सय २० जनाको मृत्यु भएको छ ।

Categorized in अन्तर्राष्ट्रिय