arin enterprises

भोजपुरको घोरेटार आउँदै गरकोे जीप दुर्घटना

SamacharDesk | २०८० चैत्र १, बिहिबार

धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

आज भोजपुरको घोडेटारबाट सुनसरीको धरान जाँदै गरेको जिप दुर्घटना भएको हो । को १ ज २५९३ नम्बरको जिप उदयपुरको मैनमैनीमा सडकबाट ५०० मिटर तल खसेको छ ।

दुर्घटनामा छ जनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका अन्य ८ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

दुर्घटनामा जीप चालक मानबहादुर बस्नेतको पनि मृत्यु भएको छ भने अन्य मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जनाइएको छ ।

Categorized in समाज