विश्व मिर्गाैला दिवस
SamacharDesk | २०८० चैत्र १, बिहिबार

आज मार्च १४ तारिख । संसारभरि विभिन्न कार्यक्रमका साथ मिर्गौला दिवस मनाइँदैछ ।
यस वर्षको विश्व मिर्गौला दिवसको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ ।
विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस आयोजना गरिदै आएको छ ।
प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गर्दछ । मिर्गौलाले रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई फ्याँक्ने काम गर्छ । साथै शरीरमा पानीको मात्रालाई पनि सन्तुलनमा राख्ने काम गर्छ ।
मिर्गौलाले रक्तचाप नियन्त्रण गर्नुका साथै सोडियम, पोटासियमलाई सन्तुलनमा राख्ने र भिटामिन डि र रातो रक्तकोशिका निर्माणमा मद्दत गर्छ ।
रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । त्यसैले मिर्गौला स्वस्थ राख्न नियमित शारीरिक व्यायाम गर्ने, खानामा ध्यान दिने, शरीरको तौल नियन्त्रणमा राख्ने, धूमपान र मध्यपान नगर्ने, मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने, चिकित्सकको परामर्शबिना नदुख्ने औषधी तथा एन्टिबायोटिक आदिको सेवन नगर्ने, प्रशस्त मात्रामा पानी पिउने, कम्तीमा वर्षको एक पटक मिर्गौला तथा अरू अङ्ग स्वस्थ छ कि छैन भनी चिकित्सकीय जाँच गर्नुपर्छ ।
उल्लिखित नियम पालना ग¥यौं भने मिर्गौला तथा अन्य अङ्ग फेल हुनबाट बच्न, बचाउन धेरै मद्दत पुग्ने चिकित्सकहरु बताउाछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरका लगभग ८५ करोड मानिस मिर्गौलासम्बन्धी रोगबाट पीडित छन् ।
नेपालमा २५ लाख भन्दा बढी मिर्गौला सम्वन्धी विरामी रहेको अनुमान छ ।
Categorized in राष्ट्रिय