arin enterprises

'लन्डन टु पेरिस' जेठमा रिलिज हुने

SamacharDesk | २०८० चैत्र १, बिहिबार

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र निश्चल खड्काको रोमान्टिक फिल्म 'लन्डन टु पेरिस' जेठ २५ गते रिलिज हुने भएको छ ।

निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन् ।

सिनेमामा साम्राज्ञी तथा निश्चलका अलावा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ।

निश्चलका अलवा 'लन्डन टु पेरिस'बाट गरिमाले नेपाली सिनेमामा डेब्यू गर्दैछिन्। एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ ।

सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमालाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । सनिश खकुरेल सिनेमाको सह(निर्माता हुन् भने अंकित गौतम यसका कार्यकारी निर्माता हुन् ।

रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई अल नेपाल वितरण गर्नेछन् ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

Categorized in पेजथ्री
SKIP THIS tihar2082