चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित
SamacharDesk | २०८० चैत्र ५, सोमबार

सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी खलस् का ३९ जना प्रशिक्षित भएका छन् ।
बाँसुरी खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीय ३९ जनालाई बाँसुरीको प्रशिक्षण दिइएको थियो ।
बाँसुरी बाजा खलःले ११ वर्ष देखि ५३ वर्ष सम्मका सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेको छ । कला संस्कृति र परम्परालाई आधुनिकीकरण गरी निरन्तरता दिँदै लैजाने उद्देश्यका साथ उक्त प्रशिक्षण गरेको सिमल्टार बाँसुरी बाजा खलःले जनाएको छ ।
आगामी दिनमा पनि उक्त खलःले युवाहरूलाई प्रशिक्षण दिँदै लैजाने खलःका सदस्य मोतीराम खाताखोले जानकारी दिनुभयो । बाँसुरी बाजा तथा हार्मोनियम बाजामा प्रशिक्षितहरूलाई एक कार्यक्रमका बिच सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, सूर्यविनायक नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष शिवराम राउत लगायतका महानुभावले बाजाका प्रशिक्षितहरूलाई प्रमाणपत्र वितरण गर्दै दीक्षित गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख थापाले आफ्नो कला संस्कृति भुलेमा हाम्रो अस्तित्व नै मेटिने भन्दै कला संस्कृतिको विकास तथा विस्तार एवं जगेर्ना गर्न नगरपालिका जस्तो सुकै कदम चाल्न पनि तयार भएको बताउनुभयो ।
यस्तै कार्यक्रममा वडा अध्यक्ष शिवराम राउतले अबको वडाको लक्ष्य भनेको कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण एवं सर्वधन गर्ने लक्ष्य रहेको हुँदा आर्थिक हिसाबले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।
प्रशिक्षितहरूलाई शुभकामना दिँदै प्रशिक्षक धर्म मुनिकारले यो आफ्नो १२० औँ स्थानको प्रशिक्षण भएको जानकारी दिनुभएको थियो । देश भर विभिन्न स्थानमा गएर आफूले बाँसुरी बाजाको प्रशिक्षण दिँदै आएको उहाँले बताउनुभएको थियो ।
२०५७ सालबाट बाँसुरी बाजा, पछिमा खिं धिमे, बय खिं, कोचाखिंको प्रशिक्षण दिँदै आएको उहाँले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र तथा प्रशिक्षक धर्म मुनिकारलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
Categorized in समाज