arin enterprises

’अयलाःको शितल नसा भन्दा’ को म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित

SamacharDesk – बिराज | २०८० चैत्र ६, मंगलबार

गायक पुरुषोत्तम श्रेष्ठ र गायिका संगीता दाहालको युगल गीत ‘अयलाःको शितल नसा भन्दा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

संगीतकर्मी बुद्ध सायमीको युट्युब च्यानल अडियो नेपालमार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

यसै क्रममा गायक पुरुषोत्तम श्रेष्ठले समाचारडेस्कसँग कुरा गर्दै आफ्नो पहिलो म्यूजिक भिडियो सार्वजनिक भएकोमा खुसी व्यक्त गरेका छन् ।

‘सोंखको रुपमा अलि अलि गाइरहने हो, यसैक्रममा बुद्ध दाईसँग भेट भयो र यो गीत बनेर आज म्यूजिक भिडियोको रुपमा आउँदा निकै खुसी लागेको छ’ गायक श्रेष्ठले भने ।

गीतलाई माया गरी हेरीदिन र आफुलाई लागेका सल्लाह सुझाव दिन पनि गायक श्रेष्ठले दर्शक, श्रोतामाझ अनुरोध गरेका छन् ।

बुध्द सायमिकै संगीत रहेकाे गीतकाे म्यूजिक भिडियोको कथा परिकल्पना, छायाङ्कन दृश्य सम्पादन र निर्देशन पनि सायमिले नै गरेका छन् ।

नयाँ प्रतिभालाई उजागर गर्नु नै आफ्नो उद्देश्य रहेको संगीतकर्मी सायमि बताउँछन् ।

‘यहि संगीत क्षेत्रमा दशकौं बिताइसकें । नयाँ प्रतिभालाई प्ल्याटफर्मको विकास गरौं, उनीहरुलाई अगाडी आउने मौका मिलोस् भनेर प्रयासरत छु । यसै प्रयासको क्रममा यो गीत पनि आएको छ’ संगीतकर्मी सायमिले भने ।

गीतकाे रचना त्रिविक्रम पौडेलले गरेका छन् ।

भिडियोमा मोडलद्वय किरण जोशी र सरीता श्रेष्ठ थापा लगायतले अभिनय गरेका छन् भने काेरीयाेग्राफी पनि माेडल जाेशीकै रहेकाे छ ।

Categorized in पेजथ्री