चैत्र ९ गतेदेखि ‘महाजात्रा’
SamacharDesk | २०८० चैत्र ८, बिहिबार

नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ ।
मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै कलाकार हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईलाई आफूले मह सञ्चारको छोरोको रुपमा हेरेको बताउनु भयो ।
उहाँले प्रदीपसँग आफूहरुले मिलेर काम गरेकै २० वर्ष बढी भइसकेको बताउनु भयो । त्यस्तै कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रको सबै पक्ष राम्रो रहेको प्रतिक्रया दिनुभयो ।
कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले महाजात्रामा हरिवंश आचार्यसँग सहकार्य गर्ने मौका पाएकोमा खुशी लागेको बताउनु भयो । चलचित्र महाजात्रा चैत्र ९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।
आपतकालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ ।
हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेवलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।
Categorized in पेजथ्री