arin enterprises

इटालियन सिरि ए आगामी २० जुनदेखि

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १७, शनिबार

कोरोना महामारीका कारण स्थगित भइरहेका विभिन्न खेल गतिविधिहरु अहिले विस्तारै सुचारु हुन थालेका छन् । यसै क्रममा इटालियन सिरि ए पनि आगामी २० जुनदेखि सुचारू हुने भएको छ ।

इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरि ए सुचारू गर्ने मिति सार्वजनिक गरेका हुन् । सिरि ए महामारीकै कारण गत मार्च ९ देखि अनिश्चितकालका लागि स्थगित भएको थियो । 

२० जुनबाट सुरू गर्न भनिएको लिग अगस्ट २० सम्ममा सक्ने तयारी गरिएको छ ।

१२ राउन्डका खेल बाँकी रहेको लिगमा युभेन्ट्सले अग्रता लिइरहेको अवस्था छ ।

यसभन्दा अघि, सिरि एका खेलाडीहरुलाई पहिलो साता व्यक्तिगत रुपमा अभ्यास गर्न अनुमति दिइएको थियो । 

हालसमूहमा प्रशिक्षण गर्न अनुमति दिएको छ । 

Categorized in स्पाेर्ट्स