‘आइइसी डिजाइनर रनवे’ फेसन शो राजधानीमा सम्पन्न
SamacharDesk – Ram Dangol | २०८० चैत्र १८, आइतबार
जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रवार काठमाडौंमा १३औं संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो भएको छ ।
फेसन शोमा झन्डै आधा दर्जन सेलिब्रिटीले ¥याम्पमा हिँडेका छन् । शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, अस्मी श्रेष्ठ, मलिना जोशी, प्रियंका रानी जोशी, आँचल शर्मा, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतले ¥याम्प नापेका हुन् ।
शोमा उनीहरु ‘शो टपरका रुप’मा विभिन्न आकर्षक पहिरनसहित ¥याम्पमा प्रश्तुत भएका थिए । शोमा भारत, रुस, सर्भियालगायत विभिन्न मुलुकका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहेको छ ।
नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरु प्रश्तुत गरेका थिए । अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको पनि सहभागिता रहेको थियो ।
शोमा आइइसी कलेजका २०२१ ब्याचका ७३ विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक–फरक पहिरन १५ सिक्वेन्समा प्रश्तुत गरेका थिए ।
नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै डिजाइनहरुका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु शोको उद्देश्य रहेको आयोजकले बताएको छ ।
Categorized in पेजथ्री