arin enterprises

लकडाउन जेठ ३२ सम्मका लागि थपियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १७, शनिबार

सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि जारी लकडाउन आउँदो ज्येष्ठ ३२ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । 

शनिवार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ ३२ गते सम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय भारतबाट नेपाल फर्किनेको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि बढ्दै गएपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

यसको साथै अन्तराष्ट्रिय सिमाना र विमानस्थल भने असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद वैठकले गरेको छ  ।

संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशैभर लकडाउन जारी गरेको थियो । 

पटक पटक थप हुँदै आएको लकडाउन पछिल्लो पटक भने ज्येष्ठ २० गतेसम्मका लागि थप भएको थियो । 

Categorized in राष्ट्रिय