arin enterprises

थप १३ जनाले कोरोनाभाइरसलाई हराएर घर फर्के

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १७, शनिबार

नेपालमा थप १३ जना कोरोनाभाइरस (कोभिड १९)को संक्रमण निको भई घर फर्केका छन् ।

१० जना पुरुष र ३ जना महिलालाई संक्रमण निको भएपछि आज उनीहरुको उपचार भइरहेको अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौंबाट २ जना डिस्चार्ज भएको छन् । 

बुढानीलकण्ठ नगरपालिकाका ३८ वर्षीय पुरुष र टोखा नगरपालिका ७ काठमाडौंका ४१ वर्षका पुरुष दुई जना टेकु अस्पतालबाट आज डिस्चार्ज भएका छन् । दुबै अस्पताल भर्ना भएको पाँचौं दिनमा डिस्चार्ज भएका हुन् ।

त्यसैगरी कोभिड–१९ युनीफाईड अस्पताल, बलम्बुबाट ११ जना संक्रमण निको भई डिस्चार्ज भएका छन् । 

उनीहरुमध्ये नेपालका विभिन्न जिल्लामा स्थायी ठेगाना भई हाल काठमाडौंमा रहँदै आएका ७ देखि ४२ वर्ष उमेर समूहका ६ जना पुरुष र ३ जना महिला डिस्चार्ज भएका छन् । १०औं देखि १५औं दिनको अस्पताल बसाईँ पछि उनीहरु घर फर्केका हुन् ।

त्यसैगरी अछाम जिल्ला भई हाल बाँके कोहलपुरमा रहेका ३२ वर्षीय पुरुष १६औं दिनमा डिस्चार्ज भएका छन् । 

रुकुकम जिल्ला भई ललितपुरमा बस्ने २६ वर्षीय पुरुष एक जना पनि ११औं दिनमा डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणको पछिल्लो दुईवटा नतिजा लगातार नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

योसँगै कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किनेको संख्या २ सय १९ पुगेको छ । उनीहरुमध्ये एक सय ७२ जना पुरुष र ४७ जना महिला महिला रहेका छन् ।

Categorized in समाज