arin enterprises

यस वर्षको प्रज्ञा पुरस्कार बुधबार प्रदान गरिँदै

SamacharDesk – बिराज | २०८० चैत्र २७, मंगलबार

नेपाल प्रज्ञा प्रतिष्ठानले २०८० सालको लागि विभिन्न प्राज्ञिक क्षेत्रमा विभिन्न पुरस्कारहरु भोलि बुधबार प्रदान गर्दैछ ।

हरेक वर्ष प्रदान गर्दै आएका पुरस्कारहरुमा केही संशोधन र केही थप गर्दै भोलि पुरस्कार प्रदान गर्न लागेको प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै विभिन्न १० वटा विधामा दश जनालाई पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो ।

यस वर्षका लागि दिइने विभिन्न पुरस्कारहरुमा प्रज्ञा अनुवाद पुरस्कार खगेन्द्र संग्रौलालाई, प्रज्ञा दर्शन पुरस्कार मोहन विक्रम सिंहलाई र प्रज्ञा सामाजिकशास्त्र पुरस्कार शान्ता श्रेष्ठलाई प्रदान गर्न लागिएको छ ।

त्यसैगरी प्रज्ञा संस्कृति लोकवार्ता तथा मौखिक इतिहास पुरस्कारबाट घनश्याम शर्मा पौडेल, प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कारबाट कृष्ण गौतम र प्रज्ञा भाषा पुरस्कार प्रा.डा.देवीप्रसाद गौतम पुरस्कृत हुँदैछन् ।

प्रज्ञा साहित्य पुरस्कार पद्यतर्फ बम देवान र गद्यतर्फ राजव, प्रज्ञा बाल साहित्य पुरस्कार गंगा कर्माचार्य, प्रज्ञा अन्तरदेशीय पुरस्कार पदम विश्वकर्मालाई प्रदान गरिने प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

प्रत्येक वर्ष दिइने यी पुरस्कारहरुको राशी एक लाख रुपैयाँ रहेको छ ।

प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०८० पहाडीरहिमाली क्षेत्रबाट डा. योगेन्द्रमान प्रधानाङ्ग र तराईरमधेस क्षेत्रबाट बेचन उराँवलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा प्रदान गरिसकेको पनि प्रतिष्ठानले जनाएको छ ।

भोलि दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा एक कार्यक्रमको आयोजना गर्दै यी पुरस्कारहरु प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।

Categorized in पेजथ्री