arin enterprises

विस्काः जात्राको रथ भाँचियो

SamacharDesk | २०८० चैत्र २९, बिहिबार

आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको रथ भाँचिएको छ ।

नित्य पूजापश्चात गुथी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरेपछि अन्य समुदायको पूजा सकेर ३ बजेदेखि भैरवको रथ तान्न सुरु गरिएको थियो । तर रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको छ ।

रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताइन्छ । जात्रा सञ्चालनका क्रममा जथाभावी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको जनाइएको छ ।

रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने जात्रा व्यवस्थापन समितिले जनाएको छ । रथ जसरी पनि गःहिटी पुर्याूएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिंगो उठाउनु अगाडि पुर्या उन पर्ने बाध्यता छ ।

नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पुर्यागएपछि मात्रै लिंगो उठाउने कार्य सुरु हुन्छ ।

आगामी वैशाख १ गते लिंगो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ ।

तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरुप ल्याइएको खड्ग, तरवार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो ।

Categorized in संस्कृति