काठमाडौं उपत्यका फेरि प्रदुषित शहरमा सूचिकृत
SamacharDesk | २०८१ बैशाख ४, मंगलबार

विश्वकै प्रदुषित शहरमा काठमाडौं हिजो पुनः सुचिकृत भएको छ ।
हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको पाँचौँ प्रदूषित शहरका रुपमा सूचीकृत गरेको हो ।
एक्यूआईका अनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १ सय ५२ मापन गरिएको छ । एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।
काठमाडौं शहर प्रदुषित हुनुको कारण मुलकका बिभिन्न स्थानमा लागिरहेको डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेको एक्यूआईले जनाएको छ ।
वायु प्रदूषण नियन्त्रण सम्बन्धी सरकारी नीति राम्रो भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा काठमाडौँ वायु प्रदूषणको हिसाबले प्रदूषित सहरका रुपमा अग्रस्थानमा रहने गरेको हो ।
प्रदूषणका कारण विभिन्न रोग लाग्न सक्ने भएकाले नियन्त्रणका लागि पहल गर्न सरकारले सबैमा अपिल जारी गरेको छ ।
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिने गरिएको छ ।
Categorized in राष्ट्रिय