arin enterprises

बायर्न लगातार आठौँ उपाधिको नजिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १८, आइतबार

जर्मन बुन्डेसालिगाअन्तर्गत शीर्ष स्थानको वायर्न म्युनिखले लगातार आठौँ लिग उपाधी जित्ने सम्भावना बलियो बनाएको छ । आज फोर्टुना डुसलडोर्फविरुद्ध फराकिलो जित हात पार्दै बायर्नले लगातार आठौँ लिग उपाधी जित्ने सम्भावना बलियो बनाएको हो ।

शनिबार राति भएको खेलमा वार्यनले फोर्टुना डुसलडोर्फलाई ५/० ले हराएको छ ।

खेलको पहिलो हाफमा नै वार्यनले ३(० को अग्रता लिइसकेको थियो । 

खेलको १५औं मिनेटमा फोर्टुना डुसलडोर्फको माथियास जोर्गेन्सनले आत्मघाती गोल गरेर बाट बायर्नलाई अग्रता दिलाए ।

बेन्जामिन पाभार्डले २९औं मिनेटमा र रोवेर्ट लेवान्डोस्कीले ४३ औं मिनेटमा थप एक–एक गोल गरे ।

दोस्रो हाफको ५०औं मिनेत फेरी रोवेर्ट लेवान्डोस्कीले बायर्नलाई चौथो गोल दिए । 

अल्फोन्सो डेभिसले ५२ औं मिनेटमा एक गोल थप्दै वायर्नलाई ५/० को फराकिलो जित दिए ।

यो खेलमा रोवेर्ट लेवान्डोस्कीले २ गोल गदै आफ्नै रेकर्डको बराबरी गरेका छन् । 

उनले एकै सिजनमा वार्यनका लागि ४३ गोलको आफनै रेकर्डसँग बराबरी गरेका हुन् । 

यसअघि उनैले सिजन २०१६/१७ मा पनि वायर्नका लागि ४३ गोल गर्दै रेकर्ड बनाएका थिए ।

लेवान्डोस्की अब अर्को रेकर्डको नजिक छन् । 

सिजन पुनः सुचारु भए यता बायर्न अहिले निकै आक्रामक देखिएको छ । यो वायर्नको लगातार चौथो जीत हो । यसबाट बायर्नको लगातार आठौँ लिग उपाधि जित्ने सम्भावना थप मज्बुत देखिएको छ । 

जितसँगै वायर्नले अँक तालिकामा १० अँकको अग्रता बनाएको छ । उसको २९ खेलबाट ६७ अँक छ । 

बोरुसिया डर्टमुन्ड एक खेल कम खेल्दै ५७ अँक जोडेर दोस्रो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स