arin enterprises

इलाम–२ मा एमालेको अग्रता

SamacharDesk | २०८१ बैशाख १७, सोमबार

प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेको अग्रता कायमै छ ।

सोमबार बिहान १० बजेसम्म २४ हजार ७३८ मतगणना भएको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार ५९ को मतान्तर बनाउँदै सुहाङले १० हजार ३ मत ल्याएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ५ सय ९१ मत र रास्वपा उम्मेदवार मिलनकुमार योङहाङ लिम्बूले १ हजार  ४ सय ४३ मत सहित चौथो स्थानमा रहेको छ । इलामको फाकफोकथुमको ६ वडा, चुलाचुलीको ६ वडा र माङ्सेबुङको ३ वडा गरी १५ वडाको मतगणना भइसकेको छ भने माङ्सेबुङ ४, ५ र ६ को मतगणना भइरहेको छ ।

यसैगरी बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार अहिले कांग्रेस अगाडि छ ।

कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार १ सय ६७ मत पाएर अग्रता कायमै राखेकाछन् । यस्तै, दोस्रो स्थानमा रहेका  एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ८४मत प्राप्त गरेका छन् ।

प्राप्त नतिजा अनुसार माओवादी केन्द्रका जनक बुढाले ३ हजार ५ सय ३५ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले २ हजार ३ सय ४७  मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार सिंह एमाले उम्मेदवार भण्डारी भन्दा ८३ मतले अगाडि छन् ।

Categorized in राजनीति