दक्ष जनशक्ति उत्पादन गर्ने सिप मेलाको लक्ष्य होः उपप्रमुख डंगोल
SamacharDesk | २०८१ बैशाख २०, बिहिबार

काठमाडौं महानगरपालिकाको आयोजनामा बुधबारबाट सिपमूलक तालिम सञ्चालन भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताउनुभएको छ ।
उप्रमुख डंगोलले शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजनाका साथ मेलाको आयोजना गरिएको बताउनु भयो ।
उहाँले काठमाडौं महानगरपालिकाले सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य रहेको बताउनु भयो ।
उहाँले १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम दिनको लागि मेलाको आयोजना गरिएको बताउनु भयो ।
कूल २ हजार ८१ जनालाई रोजगारी दिनेगरी निःशुल्क ‘सिपमुलक तालिम’ बुधबारदेखि सुरु भएको छ । महानगरपालिकाले रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि भन्ने नारा तय गरेर अभियान चलाएको छ ।
तालिममा महानगरपालिकाले सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर देशमा रहेको बेरोजगारको समस्या हल गर्नको लागि एक जुट भएर अघि बढ्ने जनाएको छ ।
Categorized in स्थानीय