arin enterprises

आजै २ सय बढिमा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७९८

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १९, सोमबार

नेपालमा थप २ सय २६ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय १३ जना पुरुष छन् भने १३ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भरीका ९ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट सोमबार थप दुई सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक हजार ७ सय ९८ पुगेको छ भने संक्रमणबाट बढि प्रभावित मूलुकहरुको सूचीमा ९५औँ स्थानमा उक्लेको छ ।

आजसम्ममा ५९ जिल्लामा संक्रमण फैलिएको छ ।

प्रदेश नम्बर १ को ९ जिल्लामा एक सय ६८ जना संक्रमित छन् भने प्रदेश २ का ८ वटै जिल्लामा ६ सय ९४ जना छन् । 

त्यसैगरी बागमति प्रदेशका १२ जिल्लामा ४६ जना, गण्डकी प्रदेशका ६ जिल्लामा २६ जना, प्रदेश ५ का १० जिल्लामा ६ सय ६० जना, कर्णाली प्रदेशका ५ जिल्लामा एक सय ९८ जना र सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा ४५ जना संक्रमित छन् ।

आज थप एक जनासँगै २ सय २१ जना संक्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन् । मृत्यु हुनेको संख्या भने ८ पुगेको छ ।

हाल एक हजार ५ सय ६९ जना आइसोलेसनमा उपचाररत छन् ।

हालसम्म पिसीआर विधिबाट गरिएको परिक्षणको संख्या ७१ हजार ९ सय ३ र आरडिटी विधिबाट परिक्षणको संख्या १ लाख १३ हजार ७ सय ५७ पुगेको छ । 

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट २ हजार ३ सय १० वटा र आरडिटि विधिबाट २ हजार ६ सय ४८ वटा परिक्षणहरु भएका छन् ।

नयाँ संक्रमितको विवरण 

Categorized in राष्ट्रिय