arin enterprises

लालिगाको उपाधी रियाललाई

SamacharDesk – Ram Dangol | २०८१ बैशाख २३, आइतबार

यस वर्षको स्पेनिस लिग फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ ।

ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ ।

गएराति भएको ला लिगाको खेलमा रियाल मड्रिडले काडिजलाई ३–० ले हराउँदा बार्सिलोना भने जिरोनासँग ४–२ ले पराजित भयो । उपाधि जित्न रियललाई एक अंक आवश्यक थियो ।

तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो । यसैगरि एथ्लेटिक बिल्बाओले गटाफेलाई २–० ले हराउँदा रियाल सोसिडाडले लास पाल्मासमाथि २–० को जित निकाल्यो ।

गएरातिको जितसँगै रियाल मड्रिडले ३४ खेलबाट ८७ अंक जोड्यो । समान खेलबाट ७४ अंक जोडेको जिरोना दोस्रो स्थानमा उक्लियो भने ७३ अंकसहित बार्सिलोना तेस्रो सथानमा झरेको छ ।

रियाल मड्रिडले स्पेनिस लिगको उपाधि जितेको यो किर्तीमानी ३६ औं पटक हो । बार्सिलोनाले २७ पटक लिग उपाधि उचालेको छ ।

Categorized in स्पाेर्ट्स