आज ममतामयी आमाको मुख हेर्ने दिन
SamacharDesk | २०८१ बैशाख २६, बुधबार

आज मातातीर्थ औँसी । आपूmलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ ।
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ ।
आजको दिन बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स्मरण गर्दछन् ।
यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । आमालाई सम्मान गर्न कुनै विशेष दिनको आवश्यकता पर्दैन तर हाम्रो पुर्खादेखि चलिआएको परम्परा अनुसार आजको दिनलाई आमालाई विशेष रुपमा सम्मान गर्ने तथा आर्शिवाद दिने प्रचलन चलिआएको छ ।
शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूलो भनिएको छ । त्यसैले आमालाई सम्मान गर्नु, श्रद्धा गर्नु आपैmमा महत्वपूर्ण रहेको छ । मातातीर्थ औंसीका दिन आज आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ ।
आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा पूजाअर्चना गरिरहेका छन् । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।
घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् ।
सामाजिक सन्जालमा हिजोआज आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन पनि बढेको छ ।
Categorized in राष्ट्रिय