arin enterprises

केजरीवाल धरौटीमा रिहा

SamacharDesk | २०८१ बैशाख २८, शुक्रबार

मदिरा घोटाला गरेको आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् ।

भारतको सर्वोच्च अदालतले भारतमा जारी निर्वाचनलाई ध्यानमा राखी केजरीवालललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले केजरीवाललाई आगामी जुन १ तारिखसम्मको अन्तरिम जमानत दिने फैसला गरेको हो ।

प्रवर्तन विभागले गत मार्च २१ मा नयाँ दिल्लीमा मदिरा पसलको अनुमतिपत्र वितरणमा घोटाला गरेको आरोपमा केजरीवाललाई पक्राउ गरेको थियो ।

दिल्ली उच्च अदालतले केजरीवाललाई धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनले लोकसभा निर्वाचनको प्रचारका लागि भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

अन्तरिम जमानत प्राप्त गरेसंगै केजरीवाल अब जेलबाट छुटेर आम आदमी पार्टी र विपक्षी गठबन्धनका लागि चुनावी प्रचारमा सहभागी हुन पाउने भएका छन् ।

तर चुनाव सकिएको भोलिपल्टै उनले जेलमा हाजिर हुनुपर्ने आदेश पनि सर्वोच्चले गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय