arin enterprises

मुटुरोग विशेषज्ञ डा. शाक्यकाे ‘मैले माया लाएको’ सार्वजनिकः भिडियाेसहित

SamacharDesk – बिराज | २०८१ जेठ ५, शनिबार

मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्य अब पहिचान अब डाक्टरको मात्र रहेन । अब मुटुरोग विशेषज्ञ डा. शाक्य गायिकाको रुपमा पनि चिनिएकी छिन् ।

डा. शाक्यको सुमधुर आवाजमा उनको नयाँ गीत ‘मैले माया लाएको धोका दिन होइन’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

डाक्टर शाक्यको सानैदेखिको रहरको विषय भनेको गायन हो । डाक्टरी अध्ययन तथा प्राएक्टिसमा लामो समय दिनुपर्दा सानैदेखिएको रहर उनले पूरा गर्न पाएकी थिइनन् ।

अहिले भने डाक्टर शाक्यको गायनमा हालै तीनवटा गीत रेकर्ड भएको छ भने ती गीतमध्ये एउटा गीत ‘मैले माया लाएको’ को म्यूजिक भिडियो उनकै युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो ।

यस म्यूजिक भिडियोको निर्देशन लालटिन, लब सब, गोधुली, विषालु लगायतका चर्चित नेपाली चलचित्रका निर्देशक निर्देशक देवकुमार श्रेष्ठले गरेका छन् ।

उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठकोसाथमा गायिका डाक्टर शाक्यले समेत अभिनय गरेकी छिन् ।

‘गायन त बाल्यकालदेखि कै इच्छा र चाहना हो, भिडियोमा अभिनय पनि गर्न पाउंदा निकै कौतुहलता र उत्सुकताको साथमा खुसी पनि लागेको छ’ डा. शाक्यले बताईन ।

यस गीतमा शब्द र संगीत बागमती प्रदेशका पूर्वमन्त्री तथा पूर्व सांसद डाक्टर अजयक्रान्ति शाक्यको रहेको छ ।

मुटु रोग विशेषज्ञ डा. शाक्यले यस अघि संगीतज्ञ हरिशरण सायमिसंग अरुणा लामा र रुद्रमणिको कालजयी गीत ‘ए–कान्छा मलाई सुनको तारा खसाइ देउन’ कभर गरेकी थिइन् ।

त्यस्तै बागमती प्रदेशका पुर्वमन्त्री साथै पूर्व सांसद डा. शाक्यकै शब्द र संगीतमा ‘केही मिठा कुरा गरौन’ गीत पनि रेकर्ड गराइ सकेकी छन् । यो गीत पनि अहिले छायाँकनको क्रममा रहेको डाक्टर शाक्यले बताइन ।

Categorized in पेजथ्री