नेपालभाषाको बौद्ध गीत ‘दिपकंर बुद्धया..’ को छायाङ्कन सम्पन्न
SamacharDesk – बिराज | २०८१ जेठ ६, आइतबार

२५६८औं बुद्ध जयन्ती नजिकिँदै गर्दा बुद्धको सन्देशसहितका विभिन्न नयाँ कृतिहरु सार्वजनिक हुने क्रम पनि बढेको छ ।
यसै क्रममा बुद्धमार्गी सन्देशमुलक नेपालभाषाको गीत ‘दिपंकर बुद्धया साक्षात धर्म....’ को म्युजिक भिडियो छायाङ्कन सम्पन्न भएको छ ।
हिजो जेष्ठ ५ गते शनिवारका दिन बुद्धवारी, दिपंकर बुद्ध विहार परिषरमा गीतको छायाङ्कन गरिएको थियो ।
म्यूजिक भिडियोको निर्देशन संगीत कलाकर्ममा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका वरिष्ठ लेखक, निर्देशक पवन जोशीले गरेका छन् । निर्देशकको जोशीको निर्देशनतर्फ यो ११४औं म्युजिक भिडियो हो ।
‘संख्या भन्दा पनि आफ्नो कर्मको निरन्तरताको कुरा हो । काम गर्दैछु, कामको निरन्तरतासँगै सबैको माया र विश्वास पाइरहेको छु’ निर्देशक जोशीले भने ।
गीतको रचनाकार र संगीतकार समेत रहेका श्रीमिला सुवालले म्यूजिक भिडियोमा अभिनय समेत गरेकी छन् । छायाङ्कन र दृश्य सम्पादन राजेश शाक्यले गरेका छन् ।
गीतमा गायिका सरस्वती मानन्धरले आफ्नो स्वर दिएकी छन् ।
यसको गीतको निर्माण कार्य सक्दा चाँडो सम्पन्न गरी चाँडै नै विश्वब्यपी रिलिज गर्ने रचनाकार, संगीतकार सुवालले बताइन् ।
Categorized in पेजथ्री