arin enterprises

प्रिमियर लिगको उपाधि सिटीलाई

SamacharDesk | २०८१ जेठ ७, सोमबार

म्यान्चेस्टर सिटीले लगातार चौथो पटक इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

गएराति भएको सिजनको अन्तिम खेलमा वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले हराउँदै सिटीले उपाधि जितेको हो । प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको लागि यो समग्रमा दशौं उपाधि हो । खेलमा सिटीलाई विजयी गराउन फिल फोडेनले दुई गोल गर्दा रोड्रीले एक गोल थपे ।

वेष्ट ह्यामको लागि मोहोमद कुडुसले एक गोल फर्काए । जितसँगै म्यानचेस्टर सिटीले ३८ खेलबाट ९१ अंक बटुल्यो । समान खेलबाट ८९ अंक जोडेको आर्सनल दोस्रो स्थानमा समेटियो । गएरातिको खेलमा आर्सनलले एभर्टनलाई २–१ ले हरायो ।

प्रिमियर लिगका अन्य  खेलहरुमा लिभरपुलले वुल्भरह्याम्प्टन वान्डरर्सलाई २–० ले हराउँदा चेल्सीले बर्नमाउथमाथि २–१ को जित निकाल्यो ।

यसैगरि म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई २–० ले पराजित गर्दा टोटनह्याम हट्सपरले शेफिल्ड युनाइटेडलाई ३–० ले हरायो ।

सिजनको अन्तिम खेलमा न्युकासल युनाइेटडले ब्रेन्टफोर्डलाई ४–२ ले हराउँदा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ५–० ले पराजित ग¥यो ।

Categorized in स्पाेर्ट्स