arin enterprises

विपन्न वर्गका विद्यार्थीहरुका लागि चाइनीज संस्थाको सहयोग

SamacharDesk – बिराज | २०७७ जेठ २, शुक्रबार

चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुका लागि चिनियाँ सहयोग उपलब्ध गराइएको छ ।

अलिबाबा फिलान्ट्रफिको सहकार्यमा चाइनीज गैर सरकारी संस्था चाइना फाउन्डेसन फर पोभर्टी एलिभिएसन ले उक्त राहत सहयोग उपलब्ध गराएको हो ।

विहिबार कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको प्राङ्गणमा चाइना फाउन्डेसनका कन्ट्रि डाइरेक्टर चाउ ध्रु छियाङले विद्यालयका प्रधानाध्यापकहरुलाई राहत सहयोग स्वरुप खाद्य सामग्रीहरु प्रदान गर्नुभयो ।

स्माइलिङ चिल्ड्रेन कार्यक्रम अन्तर्गत दुई स्थानीय तहका कुल २ हजार ३सः व ८३ जना विद्यार्थीहरुका लागि उक्त राहत सहयोग प्रदान गरिएको छ ।

राहत सहयोगमा दाल, चामल, नून, तेल लगायत दैनिक उपभोग्य खाद्य सामग्रीहरु राखिएको छ ।

कोभिड १९ महामारीको यो विषम परिस्थितीमा कोही पनि बालबालिका भोकै बस्न नपरोस् भनी यो सहयोग प्रदान गरेको चाइना फाउन्डेसनका कन्ट्रि डाइरेक्टर चाउले बताउनुभयो ।

‘कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनले जनजीवन कष्टकर बन्दै गएको छ’ चाउले भन्नुभयो । ‘यस्तो विषम परिस्थितीमा कोही बालबालिका भोकै बस्न नपरोस् भनी चीनका जनताहरुकोतर्फबाट सक्दो सहयोग गरेका हौं ।’

सो राहत सामग्री विद्यालयबाट विद्यार्थीहरुलाई वितरण गरिने जनाएको छ ।

यस अघि सो संस्थाले विभिन्न नगरपालिका र प्रदेशहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) मास्क, सेनिटाईजर र खाद्य सामग्री वितरण गर्नुका साथै ह्यान्ड वास स्टेशनहरु स्थापना गर्ने लगायतका कार्यहरु गरेको छ ।

Categorized in समाज