arin enterprises

४५ जना कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज

SamacharDesk – विकाश | २०७७ जेठ २०, मंगलबार

नेपालमा कोरोनाभाइरससँग संघर्षरत ४५ जना संक्रमितहरु संक्रमण निको भएर घर फर्केका छन् ।

काठमाडौंसहित देशका विभिन्न स्थानबाट थप ४५ जना संक्रमण निको भएर घर फर्केका छन् ।

शिक्षण अस्पतालबाट, महाराजगञ्ज, काठमाडौंबाट मकवानपुरकी ५४ वर्षीया महिला संक्रमण निको भएर घर फर्केकि छन् । उनी अस्पताल भर्ना भएको १० औं दिनमा डिस्चार्ज भएकि हुन् ।

गुल्मी अस्पतालबाट ३१ वर्षीय पुरुष पनि अस्पताल भर्ना भएको आठौं दिनमा निको भएर डिस्चार्ज भएका छन् ।

भीम अस्पतालबाट एकैपल्ट २५ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । उनीहरुमध्ये १६ जना  रुपन्देहीका रहेका छन् । 

५ देखि ५० वर्ष उमेर समूहका तिनीहरुमा ४ जना महिला छन् भने १२ जना पुरुष रहेका छन् । 

अस्पताल भर्ना भएको ११ देखि २१औं दिनमा संक्रमण मुक्त हुँदै उनीहरु डिस्चार्ज भएका हुन् ।

त्यसैगरी कपिलवस्तुका ९ जना पुरुषहरुले पनि संक्रमणलाई जितेर घर फर्केका छन् । १९ देखि ३६ वर्ष उमेरसम्मका तिनीहरु ११ देखि २१औं दिनमा निको भएका हुन् ।

धरानमा १८ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएर घर फर्केका छन् । तिनीहरुमध्ये एक जना सुनसरीका ५१ वर्षीया महिला १२औं दिनमा डिस्चार्ज भएका हुन् ।

अरु १७ जना झापाका१७ देखि ५२ वर्ष उमेरका पुरुषहरु रहेका छन् । तिनीहरु १२ देखि १४औं दिनमा निको हुन सफल भएका हुन् ।

योसँगै नेपालमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण निको हुनेको संख्या २ सय ६६ पुगेको छ । उनीहरुमध्ये २ सय १२ जना पुरुष रहेका छन् भने ५४ जना महिला हुन् ।

तीमध्ये प्रदेश १ मा ४८ जना संक्रमणमुक्त भएका छन् भने प्रदेश २मा एक सय ४ जना निको भएका छन् ।

वागमति प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा ७४ जना र सुदुरपश्चिम प्रदेशमा ७ संक्रमणमुक्त भएका छन् ।

Categorized in समाज