arin enterprises

गृहमन्त्रीको उर्दीविरुद्ध सर्वाेच्चको रोक

SamacharDesk | २०८१ जेठ २१, सोमबार

गृहमन्त्रालयले लागू गरेको ट्राफिक नियम उल्लङघन गर्नेलाई स्वयम् सेवकको रुपमा सडकमा खटाउने नियमलाई सर्वाेच्च अदालतले रोक लगाएको छ ।

हिजो पेशी तोकिएको मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल ईजलासले गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध परेको रिट निवेदनमा सुनुवाई गर्दै सो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । ईजलासले उक्त मुद्धामा लिखित जवाफ पनि मागेको छ ।

गृहमन्त्रालयले यही जेठ १५ गते मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन लगायतका सवारी नियम उल्लंघन गर्नेलाई आर्थिक जरिवानासँगै १ घण्टा स्वयम् सेवक बनाएर परिचालन गर्ने र महिनावारीको समयमा महिला ट्राफिक प्रहरीले ४ दिन डीउटी गर्न नपर्ने नयाँ उर्दी जारी गरेको थियो ।

गृहमन्त्रीको उर्दी विरुद्ध जेठ १८ गते सात जना युवाले सर्वोच्चमा रिट दायर गरेका थिए । मादक पदार्थ सेवन, लेन उल्लंघन, तीब्र गति, रातो बत्ति लगायतका नियम उलंघन गर्नेलाई जरिवानासँगै एक घण्टा स्वयम् सेवक बनाएर परिचालन गर्नु श्रम सजाय भएको रिटमा दाबी गरिएको थियो ।

Categorized in राष्ट्रिय