arin enterprises

कोल्नलाई हराउँदै लाइपजिग तेस्रो स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २०, मंगलबार

जर्मन बुन्डेसलिगामा आरबी लाइपजिगले एफसी कोल्नमाथि रोमाञ्चक जित निकालेको छ । 

सोमबार राति भएको खेलमा कोल्नलाई लाइपजिगले ४(२ गोलले हराएको छ ।

खेलको पहिलो हाफको ७औं मिनेटमा झोन कर्डोबाले गोल गर्दै एफसी कोल्नलाई अग्रता दिलाएका थिए ।

तर त्यसको १३ मिनेटपछि लाइपजिगका प्याट्रिकले खेल बराबरी ल्याए । आरबी लाइपजिगको प्याट्रिक स्चेकले २०औं मिनेटमा गोल गर्दै खेललाई १(१ को बराबरीमा ल्याए ।  

क्रिस्टोफर एनकुन्कुले ३८ औं मिनेटमा गोल गर्दै लाइपजिगलाई फेरी २(१ ले अगाडी बढाए ।

दोस्रो हाफको ५०औं मिनेट लाइपजिगकै टिमो वेर्नरले गोल गर्दै गोल अन्तर बढाए ।  

एफसी कोल्नका एन्थोनी मोदेस्तेले ५५ औं मिनेटमा कोल्नका लागि गोल गर्दै  गोलको दुरी घटाउने प्रयास गर्यो । यहाँसम्म आइपुग्दा खेलको स्कोर ३(२ भएको थियो ।

दानी ओल्मोले ५७ औं मिनेटमा गोल गर्दै लाइपजिगलाई ४(२ गोलले जीत दिलाए ।

यस जितसँगै आरबी लाइपजिग अँक तालिकामा तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

साथै लाइपजिङले दोस्रो स्थानको बोरुसिया डोर्टमुन्डसँगको दुरी २ अँकमा झारेको छ । 

दोस्रो स्थानको डोर्टमुन्डको २९ खेलबाट ६० अंक छ भने लाइपजिगको ५८ अंकले तेस्रो स्थानमा छ । 

शीर्ष स्थानको वायर्न म्युनिखको ६७ अंक छ ।

Categorized in स्पाेर्ट्स