पशुपतिको चारैवटा ढोका दर्शनार्थीका लागि खुल्ला
SamacharDesk | २०८१ आषाढ २, शनिबार

पशुपतिनाथ मन्दिरका चारैवटा ढोका आज बिहान ४ बजेदेखि खोलिएकोे छ ।
पशुपतिनाथको दशनार्थीहरुको संख्या बढेपछि आज विहान ४ बजेदेखि चारैवटा ढोकाहरु सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।
पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
चारवटै ढोका खोलिएपछि अहिले दर्शनका लागि भक्तजनहरुको घुइँचो बढेको र दर्शन गर्न पनि सहज भएको दर्शनार्थीहरु बताउँछन् ।
यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गर्दथ्यो ।
अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान साढे नौ बजेदेखि साढे ११ बजेसम्म खुला गरिँदै आएको थियो ।
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।
Categorized in राष्ट्रिय