arin enterprises

शनिबार काठमाडौंको तापक्रम वर्षकै उच्च

SamacharDesk | २०८१ आषाढ ३, आइतबार

काठमाडौंमा हिजो शनिबार वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ ।

हिजो काठमाडौंको अधिकतम तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार मापन गरेको अधिकतम तापक्रम यस वर्षकै सबै भन्दा उच्च रहेको जनाएको छ ।

शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३३ दशमलव ४ डिग्री सेल्सियस थियो । काठमाडौंमा यो वर्ष यसअघिको उच्च तापक्रम गएको जेठ २८, १७ र जेठ ११ गते समान ३४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

महाशाखाका अनुसार, काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६ दशमलव ३ डिग्री सेल्सियससम्म रहेको छ ।

सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

Categorized in राष्ट्रिय