स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै रसिया क्वार्टरफाइनलमा
SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ १७, आइतबार

स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै आयोजक राष्ट्र रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रसियालाई क्वाटरफाइनल पुर्याउन गोलरक्षक इगोर एकिनफिभले निर्णायक भूमिका खेले ।
निर्धारित ९० मिनेटको खेलमा दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त ३० मिनेटमा धकिलिएको थियो । अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभएपछि खेलको विजेता पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टि सुटआउटमा रसियाका लागी फेदर स्मोलोभ, सर्गेइ इग्नासेभिच, एलेक्जेन्डर गोलोभिन र डेनिस चेरिसेभले गोल गरेका थिए ।
स्पेनबाट आन्द्रस इनिएस्टा, जेरार्ड पिक, सर्जियो रामोसले हानेको बलले पोष्टको जाली चुम्यो । तर कोके र लागो आसपासको प्रहारलाई रसियाका गोलकिपर इगोरले रोकिदिँदा स्पेन घर फर्किन बाध्य भयो ।
त्यो भन्दा अघिको खेलमा १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता पायो । सेर्गीले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेनले १–० को अग्रता पायो ।
तर, रसियाल ४१ औ मिनेटमा खेललाई बराबरीमा ल्याउन सफल भयो । रसियाले ४१औं मिनेटमा पाएको पेनाल्टिमा आर्तेन डेजुबाले गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । त्यसपछि निर्धारित ९० मिनेटसम्म दुबै पक्षबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्ट समयमा पनि खेल १–१को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको हो ।
यो जितसँगै आयोजक राष्ट्र रसियाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ भने स्पने घर फर्किएको छ ।
Categorized in स्पाेर्ट्स