arin enterprises

मेलम्चीमा अविरल वर्षासँग पानी पथान्तरण गर्न बन्द

SamacharDesk | २०८१ आषाढ १२, मंगलबार

मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ ।

आइतबार रातीदेखि निरन्तर वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । बर्षासँग बाढीले पु¥याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो ।

मेलम्चीमा आइतबारदेखि अत्यधिक वर्षा हुँदा नदीमा बाढी आएपछि स्थानीयहरु समेत त्रसित बनेका छन् ।

वर्षाले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।

मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो ।

पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावत गर्न समेत असहज भएको छ ।

Categorized in राष्ट्रिय