arin enterprises

एसईईको नतिजा आज सार्वजनिक हुने

SamacharDesk | २०८१ आषाढ १३, बुधबार

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताउनुभयो ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उहाँको भनाइ छ ।

Categorized in राष्ट्रिय