इङ्ल्यान्डलाई हराउँदै भारत फाइनलमा
SamacharDesk | २०८१ आषाढ १५, शुक्रबार

आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा इङ्ल्यान्डलाई हराउँदै भारत प्रवेश गरेको छ ।
बिहीबार राति गयानामा भएको खेलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले सजिलै हरायो । भारत तेस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
खेलमा टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनायो । उसका लागि रोहित शर्माले सर्वाधिक ५७ रन बनाउँदा इंग्ल्याण्डका क्रिश जोर्डनले ३ विकेट लिए ।
जवाफमा १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६ ओभर ४ बलमा १ सय ३ रनमा समेटियो ।
भारतले दिएको एक सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो ।
इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले २५ रन बनाउनुभयो । यस्तै ओपनर जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लिम लिभिङस्टोन ११ रन बनाउनुभयो ।
जितसँगै भारतले दक्षिण अफ्रिकाविरुद्धको उपाधि भिडन्त तय गरेको छ । फाइनल खेल बार्बाडोसका ब्रिजटाउनमा भोलि हुनेछ ।
दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो ।
भारतले भने सन् २००७ मा विश्वकप जितेको थियो ।
Categorized in स्पाेर्ट्स