कुशल वेल्वासे र सिम्रन परियारको ‘तातो पानी ’सार्वजनिकः भिडियाेसहित
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ २०, बुधबार

सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा लोक, दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ ।
निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत रहेको यस गीतको म्यूजिक भिडियो संगीतकार हमालकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गत शुक्रबार हमालको युट्युब च्यानलमा सार्वजनिक भएको गीतले चार दिनमै एक लाख बढि भ्यूज पाइसकेको छ । आज (आइतबार) चार बजेसम्मको समय भित्र यस गीतले युट्युबमा एक लाख ७७ हजार ८८६ भ्यूज पाइसकेको छ ।
डान्सिङ्ग विटमा तयार गरिएको गीतको भिडियोमा मोडल याङजी दोङ तामाङ्ग, सुनील क्षेत्री र बेगम नेपालीले अभिनय गरेका छने ।
म्यूजिक भिडियोको छायाङ्कन अजय रेग्मीले गरेका छन् भने अमृत चापागाईले दृश्य सम्पादन गरेका छन् । भिडियोमा मोडलको रुपमा अभिनय गरेका सुनील क्षेत्रीले नै भिडियोमा कोरियोग्राफीको साथमा निर्देशन पनि गरेका छन् ।
Categorized in पेजथ्री