पुरु र रेखाको देशभक्ति गीत सार्वजनिकः भिडियाेसहित
SamacharDesk – बिराज | २०८१ आषाढ २८, बिहिबार

गायक पुरु श्रेष्ठ र गायिका रेखा श्रेष्ठको देशभक्ति गीत ‘मेरो नेपाल हाम्रो नेपाल’ सार्वजनिक भएको छ । संगीतकर्मी बुद्ध सायमिको युट्युब च्यानल अडियो नेपालबाट उक्त गीत सार्वजनिक भएको हो ।
गत जुलाई ७ तारीखका दिन रिलिज भएको उक्त भिडियोमा गायक र गायिका श्रेष्ठद्वयको साथमा थुप्रै कलाकाहरुले अभिनय गरेका छन् । गीतमा ‘म गीत गाउन सक्छु’ को टिमले अभिनय गरेका छन् ।
संगीतकर्मी बुद्ध सायमिले सामाजिक संजाल टिकटकमार्फत नयाँ गायन प्रतिभालाई समेट्दै दैनिक रुपमा ‘म गीत गाउन सक्छु’ कार्यक्रम संचालन गर्दै आएका छन् ।
सोही कार्यक्रममा नियमित रुपमा सहभागी रहँदै आएका कलाकारहरुले नै यो गीतमा आवाज दिनुका साथै अभिनयसमेत गरेका छन् ।
म्यूजिक भिडियोको सुरुवातले २०७२ साल बैसाख १२ गतेको महाभूकम्पको सम्झना दिलाउँछ । त्यसको साथमा गीतमा विभिन्न जातजातिहरुको प्रतिनिधित्व गर्दै कलाकारहरुलाई विभिन्न जातजातिको भेषभूषामा देखाइएको छ ।
गीतको रचना गर्नुको साथै संगीत पनि सायमिले नै दिएका छन् भने म्यूजिक भिडियोको निर्देशनको साथमा छायाङ्कन र दृश्य सम्पादन पनि उनैले गरेका छन् । छायाङ्कनमा सायमिलाई दश बहादुर महर्जनले सहयोग गरेका छन् ।
कोरीयोग्राफी भने मीरा डंगोलले गरेका छन् ।
Categorized in पेजथ्री