युरोपियन फुटबल च्याम्पियनको उपाधि स्पेनले जित्यो
SamacharDesk | २०८१ आषाढ ३२, सोमबार

यो वर्षको युरोपियन फुटबल च्याम्पियनको उपाधि स्पेनले जितेको छ ।
जर्मनीको बर्लिनमा आज विहान सम्पन्न स्पेन र इंग्लायण्डबीचको खेलमा २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले चौथो पटक उपाधि जितेको छ । खेलको ४७ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिए ।
७३ औं मिनेटमा इंग्ल्याण्डका कोल पाल्मरले बराबरी गोल गरे । ८६ औं मिनेटमा मिकेल ओयरजबालले एक गोल थपेपछि स्पेन २–१ ले विजयी भयो ।
स्पेनले युरोपियन फुटबलको उपाधि जितेको यो चौथो पटक हो । यसअघि उसले सन् १९६४, २००८ र २०१२ मा युरोपियन फुटबल जितेको थियो ।
यसपटक पनि पराजित भएको इंग्ल्याण्डको भने ५८ वर्षपछि कुनैपनि मेजर फुटबलको उपाधि जित्ने सपना टुटेको छ ।
सन् १९६६ को विश्वकप फुटबल जितेको इंग्ल्याण्डले त्यसयता कुनैपनि उपाधि उचालेको छैन ।
युरोपियन फुटबलको अघिल्लो संस्करणको फाइनलमा इंग्ल्यण्डालाई इटालीले पेनाल्टी सुटआउटमा हराएको थियो ।
Categorized in स्पाेर्ट्स